सुन तोलाको ३ हजार ६ सयले घट्यो, चाँदीमा पनि गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ३ हजार ६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५०० सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य गिरावट अएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ३ हजार ६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५०० सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर तोलाको ४ हजार ४८५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७९० मा कारोबार भएको थियो ।