एमाले उपाध्यक्ष विष्णु पौडेल काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभाग पुर्याइयो
उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ । उनलाई केहीबेर अघि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पुर्याएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई हिजो प्रहरीले पक्राउ गरेको थियो । उनलाई आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागगको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो । पौडेल पार्टी कार्यक्रमका लागि हिजो सुर्खेत पुगेका थिए । उनलाई राति नै प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याएको हो ।