सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ६ सयले घटेर २ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य गिरावट अएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ६ सयले घटेर २ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर ४ हजार ५९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ७३० मा कारोबार भएको थियो ।