पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडैल सुर्खेतबाट पक्राउ, नेपालगञ्जबाट काठमाडौं ल्याईने
सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि नियन्त्रणमा लिईएको अख्तियारको दावी
पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा मारेर केही कागजात बरामद गरेको थियो ।
काठमाडौं । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार सुर्खेतबाट पक्राउ गरेको हो । पौडेललाई सुर्खेतबाट नेपालगञ्ज ल्याईएको छ भने नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ ।
सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पौडेल पक्राउ परेका हुन । पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित निवासमा छापा मारेर केही कागजात बरामद गरेको थियो । छापा मारेलगत्तै पौडेललाई पक्राउ गर्न भनी विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो ।
विभागले पठाएको पत्रका आधारमा सुर्खेत प्रहरीले पौडेललाई पक्राउ गरि नेपालगञ्ज पठाएको हो । पौडेललाई हवाइ वा स्थलमार्गमध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौं ल्याउने बताइएको छ । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।