सुनकाे मूल्य तोलामा १ हजार २०० रुपैयाँ घट्याे, चाँदी पनि सस्तियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको १ हजार २०० सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । बुधबार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको १ हजार २०० सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४ हजार ९८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ९९० मा कारोबार भएको थियो ।