सार्वजनिक खरिदले २० कम्पनीलाई सोध्यो सातदिने स्पष्टीकरण
कार्यालयले सम्बन्धित कम्पनीहरूलाई कालो सूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको समय दिएको थियो ।
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ठेक्कामा सम्झौताका सर्त अनुसार काम नगर्ने २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूसँग स्पष्टीकरण माग गरेको छ । कार्यालयले सम्बन्धित कम्पनीहरूलाई कालो सूचीमा किन नराख्ने भन्ने आधार र प्रमाण भए लिखित स्पष्टीकरण पेश गर्न ३० दिनको समय दिएको थियो । तर तोकिएको समयभित्र स्पष्टीकरण नआएपछि फेरि ७ दिनभित्र स्पष्टीकरण दिन भन्दै सूचना जारी गरिएको हो ।
सडक डिभिजन काठमाडौँ, जुम्ला, कालिका नगरपालिका लगायतका निकायहरूले सिफारिस गरेका कम्पनी तथा ठेकेदारहरुले ७ दिन भित्र स्पष्टीकरण बुझाउनुपर्ने सूचीमा परेका छन् ।
उग्रवज्र निर्माण सेवा (काठमाडौं), अर्बान कन्स्ट्रक्सन ९चितवन०, शंकरमाली निर्माण सेवा प्रालि. (काठमाडौं) लगायतका कम्पनीहरुलाई सातदिने स्पष्टीकरण सोधिएको छ । तोकिएको म्यादभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेमा ती कम्पनीहरूलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ।