नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा प्रविण रमणले पाए निरन्तरता

२०७९ साउनदेखि नेपाल लाइफको सीइओ रहेका पराजुलीले त्यसअघि दुई वर्ष वरिष्ठ नायब सीइओ थिए ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुलीले निरन्तरता पाएका छन् । 

कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समिति बैठकले पराजुलीलाई आगामी ४ वर्षका लागि पुनः सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । २०७९ साउनदेखि नेपाल लाइफको सीइओ रहेका पराजुलीले त्यसअघि दुई वर्ष वरिष्ठ नायब सीइओ थिए । नेपाल लाइफ प्रवेश गर्नुअघि रिलायन्स लाइफ इन्स्योरेन्सको सीइओ भएर काम गरेका पराजुली त्यसअघि नबिल इन्भेष्टमेन्टि बैंकिङका सीइओ िए । पराजुलीले वित्तीय क्षेत्रमा दुई दश‍क बढी समय विताएका छन् ।

त्यसैगरि कम्पनीले स्वतन्त्र सञ्चालकमा प्रवीन प्रकाश क्षेत्रीलाई नियुक्ति गरेको जानकारी दिएको छ ।