आईतबार सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ थियो ।

काठमाडौं । नेपाली बजारमा आईतबार सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ थियो ।

त्यस्तै, आईतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।