हजार व्यवसायी सम्पत्ति छानबिनको दायरामा, महासंघ अध्यक्ष भन्छन् यो निर्णय फिर्ता गरियोस्
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यो निर्णय तत्काल फिर्ता गर्ने माग गरेका छन् ।
काठमाडौं । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा रहेका, पदबाट सेवा निवृत्त भएका ५० हजारभन्दा बढिलाई छानबबिन गर्ने भनेको छ । उक्त छानबिनमा १ हजार भन्दा बढि व्यापारी पर्ने भएका छन् । सस्थान, बोर्ड र सरकारी क्षेत्रमा सञ्चालक भएका निजी क्षेत्रहरुका पदाधिकारीहरु समेत उक्त छानबिनको दायरमा पर्ने भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले यो निर्णय तत्काल फिर्ता गर्ने माग गरेका छन् । बजारमा निजी क्षेत्रको मनोबल कमजोर भएकोतर्फ संकेत गर्दै अध्यक्ष श्रेष्ठले सरकारी निकायका विभिन्न बोर्डहरूमा रहेका निजी क्षेत्रका प्रतिनिधिहरूलाई सम्पती विवरण भर्न लगाउने व्यवस्थाले बजारमा गलत सन्देश गएको बताए । ‘सार्वजनिक निकायमा बसेका व्यवसायीलाई सम्पत्ति विवरण भर्न बाध्य पारिएको छ । यसले निजी क्षेत्रलाई हतोत्साही बनाएको छ,’ उनले भने ।
कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी थिए ।