सुनको भाउमा गिरावट, चाँदी भने महँगियो; आज कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ९ सयले घटेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य  भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४ हजार ९०५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ८९५ मा कारोबार भएको थियो ।