सुधन गुरुङमाथि छानबिन गर्न ५ दिनको म्याद थपियो
उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागु हुने गरी थप पाँच दिनको समय दिएको हो ।
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय थपिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष रहेको समितिलाई मंगलबारदेखि लागु हुने गरी थप पाँच दिनको समय दिएको हो । समितिले गुरुङसँग बयानसमेत लिइसकेको छ । बयान लिनुअघि समितिले उनीमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो ।
समितिलाई दिइएको १५ दिनको समय दिइएको थियो । उक्त समय हिजो सोमबार सकिएको छ । आजबाट थप पाँच दिनको समय लागु भएको छ ।