सुनको मूल्य सामान्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख १० हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ५ हजार ३५५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ३४५ मा कारोबार भएको थियो ।