प्रधानमन्त्री बालेन्द्र शाह संसदमा, प्रश्न सोध्न २ मिनेट मात्रै समय दिएको भन्दै प्रतिपक्षको नियमापत्ति
तर, सभामुख डोलप्रसाद अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट मात्रै समय दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री बालेन्द्र शाह संसद वैठकमा उपस्थित भएपछि उनलाई प्रश्न सोध्न सांसदहरूलाई खुला गरिएको छ । तर, सभामुख डोलप्रसाद अर्यालले एउटा दलका सांसदलाई दुई मिनेट मात्रै समय दिएका छन् । बैठकको सुरुमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए । प्रधानमन्त्रीले रोष्ट्रममा गएर आफूलाई प्रश्न सोध्न आग्रह गरे । त्यसपछि सभामुखले प्रत्येक दललाई दुई मिनेट समय दिएका हुन् । तर, प्रतिपक्षी दलहरुले यसमा नियमापत्ति गरेका छन् ।