प्रदेश र स्थानीय तहमा करिब ६ खर्ब रूपैयाँ जाने, कुन शिर्षकमा कति ?

प्रदेश र स्थानीय तहमा ४ अर्ब ६० करोड र ८ अर्ब ९३ करोड समपूरक अनुदान जाने छ । साथै प्रदेश र स्थानीय तहमा ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याइएको छ ।

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा प्रदेश सरकार र स्थानीय तहलाई ६ खर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६१ अर्ब ५० करोड र स्थानीय तहमा ९० अर्ब २० करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान जाने बताए ।

प्रदेश र स्थानीय तहमा ४ अर्ब ६० करोड र ८ अर्ब ९३ करोड समपूरक अनुदान जाने छ । साथै प्रदेश र स्थानीय तहमा ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याइएको छ ।

संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा ३९ अर्ब ७२ करोड र २ खर्ब ६ अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने छ । राजस्व बाँडफाँटबाट कुल १ खर्ब ७५ अर्ब रकम जाने छ । हाल नेपालमा ७ प्रदेश र ७५३ स्थानीय तह छन् ।