आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धिको घोषणा, मूल्यवृद्धिदर ६ प्रतिशतमुनि (बजेटको पूर्ण पाठ)
आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत राखिएको बताए । त्यसका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका अर्थमन्त्री वाग्लेले पूँजीगत खर्चकालागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याएका छन् ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत राखिएको बताए । त्यसका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका अर्थमन्त्री वाग्लेले पूँजीगत खर्चकालागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याएका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि राख्ने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन् ।
यस्तो छ बजेटको पूर्ण पाठ