बजेट आकार २१ खर्ब २४ अर्ब, चालू वर्षभन्दा ८ प्रतिशत ठूलो

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू वर्षको १९ खर्ब ६४ अर्बको तुलनामा ८ प्रतिशत बढीको बजेट घोषणा गरेका हुन् । यद्यपी चालू वर्षको संशोधित अनुमान १६ खर्ब ८८ खर्बको करीव २६ प्रतिशतले बढी हो ।

अर्थमन्त्री वाग्लेको घोषणा अनुसार चालू खर्च १२ खर्ब ७० अर्ब, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । 

सरकारले गर्ने खर्चका लागि विभिन्न स्रोतहरुको एकमुष्ट आम्दानीको स्रोतसमेत अर्थमन्त्री वाग्लेले खुलाएका छन् । त्यसका लागि राजस्वबाट १४ खर्ब ४ अर्ब व्यहोरिने छ भने ६१ अर्ब ७४ करोड अनुदान लिइने छ । त्यसैगरि वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब र आन्तरिक ऋण ४ खर्ब १० अर्ब लिइने छ ।