विद्युतीय सवारी साधनमा अब मोटर पावर नभई मूल्यका आधारमा भन्सार महसुल लाग्ने

पिक मोटर पावरको आधारमा भन्सार लगायत कर लाग्दै आएकामा अबदेखि मूल्यका आधारमा लाग्ने भएको हो ।

काठमाडौं । विद्युतीय सवारी साधन ईभीमा अब मूल्यका आधारमा भन्सार महसुल लाग्ने भएको छ । पिक मोटर पावरको आधारमा भन्सार लगायत कर लाग्दै आएकामा अबदेखि मूल्यका आधारमा लाग्ने भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बढेको घोषणा गरेका हुन् ।