कर्मचारीको तलब समग्रमा २१ प्रतिशत बढेको घोषणा, न्यूनतम ४० हजारदेखी १ लाख माथि पुग्यो
काठमाडौं । सरकारले कर्मचारीहरुको तलवमा ब्यापक बृद्धि गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरे ।
आधारभूत तलवमा १० प्रतिशत र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउने छन् । यसबाट २१ प्रतिशतभन्दा बढी तलव बढ्ने भएको हो । अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको न्यूनतम तलव ४० हजार र अधिकतम तलव १ लाख रुपैयाँभन्दा माथि पुगेको घोषणा गरेका हुन् ।
अर्थमन्त्री वाग्लेले भत्तालाई यथावत राखेको बताएका छन् । कर्मचारीको तलव बृद्धि यता महंगी १७ प्रतिशतले बढेको बताए ।