खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको व्यवस्था
सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।
काठमाडौंँ। सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । अन्तराष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजिवन स्वास्थ्य उपचारको व्यवस्था गरिने भएको छ ।