राजदूत नियुक्तिका लागि खुला दरखास्त आह्वान, कस्तो छ योग्यता सूची ?
राजदूत हुन कम्तीमा ३५ वर्ष पुरा भएको, विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभवलाई थप योग्यताका रुपमा लिइने उल्लेख छ ।
काठमाडौं । सरकारले विभिन्न देशमा रिक्त रहेको राजदूत नियुक्तिको सिफारिसका लागि खुला दरखास्त आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले योग्यता तोकेर पहिलोपटक निर्देशिका बमोजिम राजदुतमा खुला आवेदन खुलाएको हो ।
आउँदो जुन ५ भित्र इच्छुक व्यक्तिले दरखास्त दिनुपर्नेछ । परराष्ट्रले दरखास्तका लागि चाहिने योग्यता र कार्य क्षेत्रसहितको निर्देशिका पनि सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बाट स्वीकृत ‘राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५’ (संशोधन २०७८ र २०७९) बमोजिम परराष्ट्र मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो ।
राजदूत हुन कम्तीमा ३५ वर्ष पुरा भएको, विशिष्ट श्रेणीकोसरहको यो पदका लागि कम्तीमा स्नातक तह अध्ययन गरेको हुनुपर्नेछ । स्नातक भन्दा माथिको शैक्षिक योग्यता र कार्यअनुभवलाई थप योग्यताका रुपमा लिइने उल्लेख छ । परराष्ट्र मन्त्रालयका अनुसार दरखास्तहरूलाई परराष्ट्र मन्त्रालय स्क्रिनिङ गरी मन्त्रिपरिषद्मा पठाउने छ । मन्त्रिपरिषद्ले योग्यताअनुसार राजदूतको सिफारिस गर्नेछ ।
सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । राजदूतहरूले नियुक्तिपछि परराष्ट्र मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरी कार्याक्षेत्रमा जानुपर्नेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट वा मन्त्रालयमा उपलब्ध तोकिएको फारम भरी आफ्नो विस्तृत व्यक्तिगत विवरणसहित मन्त्रीको सचिवालयमा बुझाउन वा अनलाइनमार्फत पेस गर्न सक्नेछन् ।
यस्तो छ राजदुत दरखास्त आह्वानको सूचना