९ महिनामा १६ प्रोजेक्टका लागि सवा ७२ अर्बको सहायता प्रतिवद्धता, कुन परियोजनामा कस्को र कति सहायता ?
कुल सहायता प्रतिवद्धताअनुसार ऋणको हिस्सा ६३.८७ प्रतिशत अनुदानको हिस्सा ३६.१३ प्रतिशत
चालू वर्षको ९ महिनामा सबैभन्दा धेरै ऋण सहायता कोटेश्वर चोक सुधार आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बाट ३१ अर्ब ७६ करोड रूपैयाँको प्रतिवद्धता लिएको छ ।
काठमाडौं । सरकारले पछिल्लो ९ महिनामा १६ परियोजनाका लागि ७२ अर्ब २३ करोड रूपैयाँ वैदेशिक सहायता प्रतिवद्धता लिएको छ । आर्थिक वर्ष २०८२र८३ को चैतसम्म लिएको वैदेशिक सहायता प्रतिवद्धताअनुसार ऋणको हिस्सा ६३.८७ प्रतिशत अर्थात् ४६ अर्ब १४ करोड रूपैयाँ छ भने अनुदान सहायतातर्फ ३६.१३ प्रतिशत अर्थात् २६ अर्ब ९ करोड रूपैयँा छ ।
अर्थमन्त्रालयले मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गर्दै चालू वर्षको ९ महिनामा सबैभन्दा धेरै ऋण सहायता कोटेश्वर चोक सुधार आयोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) बाट ३१ अर्ब ७६ करोड रूपैयाँको प्रतिवद्धता लिएको छ । त्यसपछि सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) लाई सुदृढ पार्ने र विकसित सेवा वितरण कार्यक्रम-उपकार्यक्रम-२ का लागि एसियाली बिकास बैंक (एडीबी)बाट १४ अर्ब ७६ करोड रूपैयाँबराबरको ऋण सहायता लिनेरदिने निर्णय भएको छ । यी दुबै परियोजनाका लागि लिइने ऋण सहुलियतपूर्ण कर्जा हुन् ।
विश्वव्यापी गरिबीसँग जुध्न विभिन्न मुलुकहरूमा आर्थिक अनुदान उपलब्ध गराउने अमेरिकाको वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ७० अर्ब ७४ करोड रूपैयाँबराबरको अनुदान छ । ९ महिनामा वैदेशिक अनुदानतर्फ सबैभन्दा बढी अनुदान आएको कार्यक्रम नै एमसीसी परियोजना हो । यसअन्तर्गत उर्जा र सडकको काम हुने गर्दछ ।
यस्तो ९ महिनामा भएको सहायता प्रतिवद्धता सूची