सुन एकैदिन तोलाको ५५०० र चाँदी २१५ रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा थियो ।

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा बिहीबार उच्च गिरावट आएको छ । बुधबार सुन प्रतितोला पाँच हजार ५०० रुपैयाँ र चाँदी २१५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा थियो ।

त्यस्तै, चाँदी प्रतितोला चार हजार ८६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँ थियो ।