एक वर्षमा संस्थानमा मात्रै गुम्यो साढे ४४०० जनाको रोजगारी, कुन क्षेत्रमा कति ?
र्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत प्राधिकरणमा ८ हजार ७७३, नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) मा ३ हजार ५९९ र नेपाल बैंकमा ३ हजार ५४८ जना कार्यरत छन् ।
काठमाडौं । पछिल्लो एक वर्षमा सार्वजनिक संस्थानहरुबाट मात्रै ४ हजार ४५८ जनाको रोजगारी गुमेको छ ।
बुधबार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८३ अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरुमा ३० हजार ४९३ जना रोजगार छन् । जवकी आर्थिक वर्ष २०८०र८१ मा ३४ हजार ९५१ जनाले संस्थानमा काम गरेका थिए ।
गत वर्षसम्म संस्थानमा कार्यरत कमचारीमध्ये जनपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १२ हजार ९६३ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम १ हजार ७२ जना रोजगार छन् । आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत प्राधिकरणमा ८ हजार ७७३, नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) मा ३ हजार ५९९ र नेपाल बैंकमा ३ हजार ५४८ जना कार्यरत छन् । यी ३ संस्थानमा क्रियासिल कर्मचारीको हिसा समग्र संस्थानमा क्रियासिल कर्मचारीहरुको तुलनामा ५२.५१ प्रतिशत छ । नेपालमा हाल ४५ वटा सार्वजनिक संस्थान छन् ।