४५ संस्थानमध्ये २७ मात्र नाफामा, सरकारको लगानी झन्डै ८ खर्ब पुग्यो (संस्थानहरुको वास्तविक चित्र)

बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसमा पेश गरेको सार्वजनिक संस्थानको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा रहेको पाइएको छ । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा, १५ वटा नोक्सानी र २ वटा घाटामा थिए । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसमा पेश गरेको सार्वजनिक संस्थानको प्रतिवेदन अनुसार सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । सार्वजनिक ऋणको भार पनि बढ्दै गएको छ । २०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको ४३.६ प्रतिशत हुन आउँछ ।


प्रकाशन भएका दस्तावेजहरू

6a16aa809a5b3_1779870336.pdf