कस्तो छ मुलुकको अर्थतन्त्र ? आर्थिक सर्वेक्षण २०८२/८३ को पूर्णपाठ

प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने डलर अनुमान

प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ ।

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दैं प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने अनुमान रहेको बताए ।

प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ । राजस्व परिचालनमा वृद्धि भए पनि वृद्धिदर अपेक्षाकृत न्यून छ । वित्तीय पहुँच विस्तारसँगै विद्युतीय भुक्तानी कारोबारमा वृद्धि भएको छ ।

विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको देखिएको छ । यद्यपि विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेस गरेको सर्वेक्षणमा विद्युत् उत्पादन बढेर ४ हजार १ सय ५ मेगावाट पुगेको छ ।

यस्तो छ आर्थिक सर्वेक्षणको पूर्णपाठ



प्रकाशन भएका दस्तावेजहरू

6a16a3934ded0_1779868563.pdf