सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ ।