सरकारले गर्यो ७६० कन्सल्टेन्सी नवीकरण, पहिचान गरेर मात्र सेवा लिन आग्रह
शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट सैस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ ।
काठमाडौँ । सरकारले आ.व.२०८२/८३ का लागि नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयबाट स्वीकृति प्राप्त ७६० शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) बाट मात्र सेवा लिन आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ- 'आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नविकरण भएका संस्थाहरूको सूची मिति २०८३/०२/०६ को सचिव स्तरिय निर्णय अनुसार प्रकाशन गरिएको छ । शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट सैस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ । शैक्षिक परामर्शदातृ निकायहरुले समेत स्वीकृत सेवाहरुको अधिनमा रहेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन समेत जानकारी गराइन्छ ।'
मन्त्रालयले आ.व.२०८२/८३ का लागि कुल ७६० कन्सल्टेन्सी नवीकरण भएको जानकारी दिएको छ ।