निर्जीवन बीमा कम्पनीहरुले १५ प्रतिशत व्यवसाय बढाउँदै उठाए ४० अर्ब बढी बीमाशुल्क (कसको कति)
चालू वर्षको १० महिनामा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीकाशुल्क गत वर्षको सोहीअवधिको ३५ अर्ब ९ करोड रुपैयाँको तुलनामा १४.८ प्रतिशतले बढी हो ।
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को बैशाखसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । चालू वर्षको १० महिनामा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको बीकाशुल्क गत वर्षको सोहीअवधिको ३५ अर्ब ९ करोड रुपैयाँको तुलनामा १४.८ प्रतिशतले बढी हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार यसअवधिमा कम्पनीहरुले २४ लाख ११ हजार ६६२ बीमालेख विक्री गरेका हुन् । यसअवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ संकलन गरेको छ भने सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ४५ लाख रुपैयाँ संकलन गरेको छ ।
कुन बीमा कम्पनीले कति बीमाशुल्क उठाए