दूरसञ्चार प्राधिकरणको अध्यक्षमा ३२ आकांक्षी, प्रशासन र प्राविधिक सदस्यतर्फ १५ जना (कुन क्षेत्रमा कसले दियो आवेदन)
प्राधिकरणको अध्यक्ष पदको खुला प्रतिष्पर्धामा सबैभन्दा धेरै आवेदन परेको छ । अध्यक्षमा ३२ जनाले दरखास्त हालेका छन् भने प्रशासन र प्राविधिक सदस्यतर्फ १५ जनाले आवेदन दिएका छन् । त्यसैगरि कानुन सदस्य ४, लेखा सदस्य ९ र बजार व्यवस्थापनमा ५ जनाले दरखास्त दिएका छन् ।
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले दुरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
प्राधिकरणको नेतृत्व (अध्यक्ष पद)को खुला प्रतिष्पर्धामा सबैभन्दा धेरै आवेदन परेको छ । सार्वजनिक विवरण अनुसार अध्यक्षमा ३२ जनाले दरखास्त हालेका छन् भने प्रशासन र प्राविधिकतर्फ १५ जनाले आवेदन दिएका छन् । त्यसैगरि सदस्य कानुन सदस्यतर्फ ४ जना, लेखा सदस्य ९ र बजार व्यवस्थापनमा ५ जनाले दरखास्त दिएका छन् ।
अध्यक्ष पदका लागि आवेदन दिनेहरुमा रोहित रौनियार (वीरगञ्ज, पर्सा), नगेन्द्रकुमार दास (काठमाडौं), राकेश ताम्राकार (ललितपुर), सरोजकुमार शर्मा (महोत्तरी), प्रदीपकुमार श्रेष्ठ (काभ्रे), सुभाष साह (महोत्तरी), सुशीलप्रसाद साह (धनुषा), अनिलकुमार झा (रौतहट), नरेन्द्रमान सिंह महर्जन (काठमाडौं), अमलेन्दु नारायण सिंह (काठमाडौं), रमेशकुमार श्रीवास्तव (रौतहट), नवीन जीसी (कपिलवस्तु), महेशप्रसाद पाण्डे (स्याङ्जा), डा. शैलेन्द्र गिरी (प्यूठान), बुद्धिप्रसाद आचार्य (काठमाडौं), अर्जुन घिमिरे (अर्घाखाँची), ई. जनार्दन भट्ट (गोरखा), अनन्तमान सिंह (काठमाडौं), मधुसुदन दाहाल (काठमाडौं), दीपकराज लुइटेल (धादिङ), श्रीकृष्ण सुवेदी (प्यूठान), सनाउल्लाह खान (रुपन्देही), डा. भोजराज घिमिरे (काठमाडौं), सुनिलकुमार मिश्र (दाङ), अम्बर स्थापित (काठमाडौं), पंकजकुमार दास (मोरङ), कृष्णराम धुँजु (काभ्रे), दीपकराज उप्रेती (ललितपुर), माधव अधिकारी (झापा), नवीनकुमार कर्ण (सर्लाही), दीपेश शिवाकोटी (झापा) र डा. ई. राजीव सुब्बा (काठमाडौं) छन् ।
मन्त्रालयले उम्मेदवारहरूको आवश्यक न्यूनतम योग्यता लगायत अन्य विस्तृत विषयहरू आगामी सूचनाहरूमा क्रमशः तोकिए बमोजिम स्पष्ट पार्दै जाने जनाएको छ ।
यस्तो छ आवेदकहरूको सूची