कक्षा ११ को पठनपाठन आगामी असार १ देखि
शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि असार १ को समय निर्धारण गरेको हो ।
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न-गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।
मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी आज जानकारी गराएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको छ । केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।