२० दिनका लागि बिदामा बसिन् न्यायाधीश मल्ल
मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएर कार्यभार सम्हालेसँगै बुधबारबाट मल्ल २० को दिनको बिदामा बसेकी हुन् ।
काठमाडौँ । वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । मंगलबार प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त भएर कार्यभार सम्हालेसँगै बुधबारबाट मल्ल २० को दिनको बिदामा बसेकी हुन् ।
कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी मल्ल संबैधानिक परिषदले चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि असन्तुष्ट रहदै आएकी थिइन् । उनले सार्बजनिक रुपमा पनि सो असन्तुष्टि व्यक्त गरेकी थिइन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।