सुन ३ हजार ३ सय र चाँदी १२५ रुपैयाँले सस्तियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३ हजार १ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३ हजार १ सयले घटेर तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९२ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२५ रुपैयाँले घटेर ४ हजार ९६० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ८५ मा कारोबार भएको थियो ।