सुन तोलाको ८ सयले बढ्दा, चाँदीमा २० रुपैयाँको गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५ हजार ४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ६० मा कारोबार भएको थियो ।