प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै, यस्तो छ कार्यसूची
जेठ ६ गते विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सक्ने कार्यक्रम छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याउने छ ।
काठमाडौं । प्रतिनिधि सभामा आजदेखी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथी छलफल हुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिध सभाको वैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफल सुरु हुने भएको हो ।
जेठ ६ गते विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सक्ने कार्यक्रम छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८३र८४ को बजेट ल्याउने छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुनु अघि प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यक्रम छ । समिति सभापति गणेश पराजुलीले सो प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।