करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता लिन सरकारको निर्देशन, गुणस्तरहीन भएको दावी
१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न भनिएको हो ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित २ ब्रान्डलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
१०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई बजारबाट फिर्ता गर्न आदेश गरिएको हो ।
यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागको दावी छ ।