खरिद प्रणाली ह्याक गरेको आरोपमा समातिएका पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जना धरौटीमा छुटे

कम्युटर अपरेटर नासु दिवाकर देउजा मात्र थुनामा

काठमाडौं । निर्माण व्यवसायी विक्रम पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ । 

बिहीबार जिल्ला अदालत, काठमाडौंका न्यायधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग चार लाख रुपैयाँ धरौटी मागेको हो । 

राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैशाख ११ गते पक्राउ गरेको थियो । सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा सीआईबीले पाण्डेसहित २२ जनालाई प्रतिवादी बनाएको थियो । त्यसमध्ये १२ जना पक्राउ परेकामा 

जिल्ला अदालतले पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौंका भाष्करराज अर्यालसँग १०र१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग पाँचरपाँच लाख, काठमाडौंका अमृत बोहोरा र ऋषिकेश गौली, दोलखाका अनिल श्रेष्ठ, नुवाकोटका प्रकाश ढुंगाना, धादिङका टंककुमार श्रेष्ठ र सिराहाका स्वदेश पोखरेलसँग चाररचार लाख रुपैयाँ धरौटी मागेको छ ।  

यस मुद्दामा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।