सुनको मूल्य फेरी तीन लाख नाघ्यो, चाँदीमा पनि उच्च बृद्धि, कतिमा हुदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँ थियो ।
काठमाडौं । मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेर फेरी ३ लाख नाघेको छ । सुन प्रतितोला ४ हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ थियो ।
त्यसैगरि चाँदीको मूल्य पनि मंगलबार भारि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा ३५५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्य घट्बढ् हुने क्रम रहेपनि चाँदीको मूल्य भने निरन्तर बढ्दो क्रममा छ ।