एसईई नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा साढे १ लाख नन ग्रेडेड
सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२
नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसपटक परीक्ष केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो ।
काठमाडौं । राष्ट्रिय परीक्ष बोर्डले माध्यमिक शिक्ष परीक्ष (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्ष नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको छ । त्यसपछिको जीपीए (३.२० देखि ३.६०) सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ ।
२.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ । १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् ।
एसईई परीक्ष गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्ष केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो । यसवर्ष एसईई परीक्षमा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
यसरी हेर्न सकिन्छ नतिजा
बोर्डले आज एक सूचना जारी गर्दै एसइईको नतिजा हेर्ने वेबसाइटसहितको सूची सार्वजनिक गरेको छ । जसअनुसार एसएमएस, आइभिआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोडमार्फत नतिजा हेर्न सक्ने कार्यालयले जनाएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र युएसएसडीमार्फत नतिजा हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट (www.see.gov.np), राष्ट्रिय परीक्षा बोर्ड (www.neb.gov.np) र नेपाल टेलिकम (www.see.ntc.net.np)लगायतबाट नतिजा हर्न सकिन्छ ।