सरकारले ‘एभरेज’ नीति तथा कार्यक्रम ल्यायो, बजेटले नवयुवामा निराशा पैदा हुने देखिन्छः पूर्वअर्थमन्त्री पुन
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले नीति तथा कार्यक्रमअनुसारकै बजेट आएमा नवयुवामा निराशा पैदा हुने बताए ।
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औसत रहेको टिप्पणी गरेका छन् ।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले नीति तथा कार्यक्रमअनुसारकै बजेट आएमा नवयुवामा निराशा पैदा हुने बताए ।
उनले नीति तथा कार्यक्रमका सन्दर्भमा सरकार तयारी साथ आएको नदेखिएको टिप्पणी गरे ।
उनले भने, ‘विशाल जनमत पाएको सरकारले सबै क्षेत्रमा डिपार्चर गर्ने गरी नीति तथा कार्यक्रम ल्याउँछ भन्ने जनअपेक्षा थियो। हामीले समेत स्वभाविक रुपले ठूलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइरहेको बेला जनअपेक्षाअनुसार अलि क्रमभंग गर्ने खालको नीति ल्याउँछ भन्ने थियो । सरकारले एभरेज नीति तथा कार्यक्रम ल्याएको छ। यसै खालको बजेट आयो भने नवयुवाहरुमा निराशा पैदा हुने देखिन्छ ।’