विप्रेषण मिलान कोष स्थापना गरिने (नीति तथा कार्यक्रमको पूर्णपाठ)
रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना घोषणा गरिएको हो ।
काठमाडौं । सरकारले रेमिट्यान्स (विप्रेषण) लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने भएको छ । रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना घोषणा गरिएको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत वैदेशिक रोजगारीमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराउने भएको छ ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताए । सरकारले आगामी आर्थिक वर्ष विदेशमा मृत्यु वा अंगभङ्ग भएका कामदारको परिवारका लागि उद्धार र कल्याणकारी कार्यक्रम सृदृढ गर्ने घोषणा पनि गरेको छ ।
रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्याकेज ल्याउने भन्दै सरकारले आर्थिक वर्ष २०८२र८३ देखि २०९२र९३ सम्म रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ ।