श्रम निर्यातबाट 'रिमोट वर्क' अर्थतन्त्रतर्फ: सरकारले डिजिटल व्यापार र सेवामुखी अर्थतन्त्रलाई प्राथमिकता दिने
“श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गरिनेछ,” राष्ट्रपति पौडेलले भने ।
काठमाडौं । सरकारले श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ‘रिमोट वर्क’ अर्थतन्त्रमा रुपान्तरण गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
“श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान, सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रुपान्तरण गरिनेछ,” राष्ट्रपति पौडेलले भने ।
अन्तराष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइने समेत उनले जनाए ।