खनिज क्षेत्रलाई आम्दानीको प्रमुख स्रोत बनाउने सरकारको नीति

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताएका हुन् ।

काठमाडौं । सरकारले खनिज तथा खानी क्षेत्रलाई आम्दानीको स्रोत बनाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खानी क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताएका हुन् । नेपालमा ढुंगा, फलाम, स्लेट, बालुवा लगायतका प्राकृतिक खनिज पदार्थ पर्याप्त मात्रामा रहेको बताइन्छ। यस्ता खनिजलाई नियमनमा उत्खनन् गरेर उपयोग बढाउने सरकारको तयारी छ ।

नियमन सहित उत्खनन् गरे यस क्षेत्रबाट मात्रै वार्षिक ८० अर्ब हाराहारी आम्दानी गर्न सकिने अर्थ मन्त्रालयको आंकलन छ ।