गभर्नरले बुझाए अर्थमन्त्रीसमक्ष पूर्ण बजेटकालीन समीक्ष प्रतिवेदन

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल सरकारलाई नियमित रूपमा प्रतिवेदन पेश गर्ने व्यवस्था छ ।

काठमाडौं । आर्थिक वर्ष २०८३-८४ को पूर्ण बजेटकालीन समीक्ष प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरिएको छ । सोमबार अर्थमन्त्री वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले उक्त प्रतिवेदन बुझाएका हुन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार केन्द्रीय बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थाबारे नेपाल सरकारलाई नियमित रूपमा प्रतिवेदन पेश गर्ने व्यवस्था छ । सोही ऐनको दफा ६९ (४) ले वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि यस्तो प्रतिवेदन अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो ।