रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाडौंको नामबाट संचालित द म्यासिफ होटलमा ३०८ कोठाहरु र सुइट रुमहरु छन् ।

काठमाडौं । द म्यासिफ होटल (रोयल टुलिप काठमाडौं) ग्वार्को ललितपुरले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक लगायत सम्पूर्ण काम गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङलाई जिम्मेवारी दिएको छ ।

होटललाई आईपीओ निष्काशन गरी एक सूचीकृत कम्पनी बनाउन आवश्यक तयारी गर्ने, प्राईभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने लगायतका समन्वयकारी र सहयोगी भुमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा होटलको तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्डका रुपमा रहेको रोयल टुलिप काठमाडौंको नामबाट संचालित द म्यासिफ होटलमा ३०८ कोठाहरु र सुइट रुमहरु छन् ।