सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित, आजै ४ बजे राष्ट्रपति पौडेलले वाचन गर्ने
यही नीतिमा आधारित भएर सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट ल्याउने छ । त्यसका लागि अर्थ मन्त्रालय बजेट निर्माणमा जुटेको छ ।
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
मन्त्रिपरिषद्ले आज प्रस्तुत हुने सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । मन्त्रिपरिषद्ले पारित नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् । यो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो नीति तथा कार्यक्रम हो । यही नीतिमा आधारित भएर सरकारले आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको वार्षिक बजेट ल्याउने छ । त्यसका लागि अर्थ मन्त्रालय बजेट निर्माणमा जुटेको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि जनस्तरबाट सुझाव मागिरहेको छ ।