सुनको मूल्य घट्यो, चाँदीमा सामान्य वृद्धि

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार रुपैयाँले घटेर दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। आइतबार चाँदी प्रतितोला २५ रुपैयाँले बढेर पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला पाँच हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।