जावलाखेलस्थित मुन म्यानपावरमा छापा, ४३७ पासपोर्ट र करिव आठ लाख रुपैयाँ बरामद
मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाएको जनाईएको छ ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्रालयले ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा छापा मारेको छ ।
छापाका क्रममा कार्यालयबाट ४३७ राहदानी (पासपोर्ट) र सात लाख ९० हजार रुपैयाँ नगद बरामद भएको जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको बताइएको छ । मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाएको जनाईएको छ ।