काठमाडौँमा २६७० घरटहरामा डोजर चल्यो, १५ हजार बढी मानिस विस्थापित
सबैभन्दा धेरै प्रभावित क्षेत्र गैरीगाउँ देखिएको छ । गैरीगाउँ क्षेत्रमा मात्रै ८७८ घरटहरा भत्काइएका थिए । त्यहाँ दुई हजार ६०० मानिस प्रभावित भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा काठमाडौँका विभिन्न स्थानका १९ सुकुम्बासी बस्तीमा डोजर चलेको छ । सुकुम्बासी बस्ती हटाउने अभियानमा काठमाडौंका १९ स्थानका कुल २ हजार ६८७ घरटहरा भत्काइएको तथ्यांक सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक गरेको तथ्यांकअनुसार भत्काइएका घरटहरामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची संरचना रहेका छन्। ती संरचनामा बसोबास गर्दै आएका २ हजार ६८७ जना परिवारका १५ हजार ३१६ जना मानिस प्रत्यक्ष प्रभावित भएका छन् ।
विस्थापितमध्ये ६ हजार ८५८ महिला, ५ हजार ३२५ पुरुष, ३ हजार १२२ बालबालिका रहेका छन् । तथ्यांकअनुसार सबैभन्दा धेरै प्रभावित क्षेत्र गैरीगाउँ देखिएको छ। उक्त क्षेत्रमा मात्रै ८७८ घरटहरा भत्काइएका थिए । त्यहाँबाट दुई हजार ६०० मानिस प्रभावित भएका छन् ।