अमेरिकाले युद्धविराम तोडेर इरानमाथि आक्रमण, कच्चा तेलको मूल्य फेरि बढ्यो

विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट २.६ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.७० पुगेको छ । उता, अमेरिकामा कारोबार हुने कच्चा तेल २.३ प्रतिशतले बढेर ९७ डलर पुगेको छ ।

काठमाडौं । अमेरिकाले युद्धविराम तोडेर इरानमाथि बमबारी गरेको छ । यसलाई अमेरिकाले स्ट्रेट अफ होर्मुज (जलडमरूमध्य) मा अमेरिकी जहाजहरूमाथि भएको ईरानी आक्रमणको जवाफ भनेको छ ।

ईरानले भने एक ईरानी तेल ट्यांकरमाथि पहिले आक्रमण भएकाले मिसाइल प्रहार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएको केहप् घण्टामै पुनः आक्रमण गरिएको हो । 

अमेरिकी सेन्ट्रल कमाण्डले भने अमेरिकी नौसेनाको टोली ओमानको खाडीतर्फ अघि बढिरहेका बेला इरानले आक्रमण गरेपछि आत्मरक्षका लागि जवाफी कारबाही गरेको जनाएको छ । सेन्ट्रल कमाण्डको वक्तव्यमा लेखिएअनुसार, अमेरिकी जहाजहरू उक्त क्षेत्रमा गुज्रिरहेका बेला ईरानी सैन्य बलले मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण गरेका थिए ।

अमेरिका र इरानबीच पुनः बढेको तनावका कारण शुक्रबार बिहान एशियाली बजारमा कच्चा तेलको मूल्य फेरि एक पटक बढेको छ ।

विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट २.६ प्रतिशतले बढेर प्रति ब्यारेल १०२.७० पुगेको छ । उता, अमेरिकामा कारोबार हुने कच्चा तेल २.३ प्रतिशतले बढेर ९७ डलर पुगेको छ ।