जिम्मेवारी सम्हाल्दै अन्जन श्रेष्ठले भने, जनताको क्रयशक्ति बढाउन सरकारको भूमिका आवश्यक
महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिसहित उनले पदबहाली गरेका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले बिहीबार (वैशाख २४) पदबहाली गरेका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिसहित उनले पदबहाली गरेका हुन् ।
उनले जिम्मेवारी सम्हाल्दै उनले जनताको क्रय शक्ति उकास्न सरकारले भुमिका खेल्नुपर्ने बताए । उनले अहिले बजारमा मागको कति रहेको, जनतामा क्रय शक्ति कम रहेको उल्लेख गर्दै क्रय शक्ति बढाउने विषयमा सरकारले ध्यान दिनुपर्ने, पूँजी परिचालन गर्नु पर्ने बताएका हुन् । यस्तै, बैंकमा पर्याप्त तरलता रहेको अवस्थामा साना तथा मझौला व्यवसायीलाई भने लगानीका लागि पूँजीको अभाव रहेको उनले बताए । यस विषयको समाधान गर्नका लागि सरकारले पहल गर्नुपर्ने पनि उनले बताए ।
उनले वर्तमान सरकारले अध्यादेशमार्फत धेरै ऐनहरु संशोधन गरेको विषयलाई प्रशंसा गरेका छन् । सरकारले अध्यादेशमार्फत लगानी मैत्री वातावरण बनाएको उनको ठम्याई छ । तर, गरेको लगानीको सुरक्षको विषयमा भने उनले शंका व्यक्त गरेका छन् ।